वात्स्यायन वृद्धाश्रममा नितिमाको जन्मोत्सव
पाेखरा | भदौ ७, २०७९
पोखरा महानगरपालिका १ बगर भिमकाली पाटनकी नितिमा श्रेत्रीले आफ्नो पहिलो बसन्त पुरा गरेको अवसरमा पोखरा १४ छिनेडाँडास्थित वात्स्यायन वृद्धाश्रममा जन्मोत्सव मनाएकी छिन् ।
माता प्रतिमा लिम्बु र पिता निर्मल श्रेत्रीको सुपुत्री नितिमाले आफ्नो पहिलो जन्मोत्सव वृद्धाश्रममा रहेका आमाबुवाहरुसँग केक काटेर मनाएकी हुन् । नितिमाले सो अवसरमा वृद्धाश्रममा आश्रित २० जनालाई जनही ५ सयसहित फलफुल र खाद्यान्नका समाग्रीसमेत सहयोग गरेकी थिइन् ।
जन्मोत्सवमा खर्च गर्नुको सट्टा वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरुलाई सहयोग गरेर मनाउँदा शान्ति मिल्ने बताउदै नितिमाको बुवाले छोरीको जन्मोत्सव मनाउन वृद्धाश्रम पुगेको बताए । ‘यो छोरीको पहिलो वर्थ डे हो । खासमा भोज गरेर खर्च गर्नुभन्दा वृद्धाश्रममा केही सहयोग गरौं भन्ने सोचेर यहाँ आएका हौं, उनले भने, ‘धेरै सहयोग गर्न नसकेपछि हामीलाई शान्ति मिल्ने गरि सहयोग गरेका छौं । आगामी दिनमा पनि सहयोग लिएर आउनेछौं ।’
यसैगरि नितिमाकी आमा प्रतिमा लिम्बुले कसैलाई मागेर नभई दिएर खुशी मिल्ने बताइन् । ‘जिन्दगीमा जति दुख गरेपनि अन्त्यमा खोजी खुशीकै हुन्छ, उनले भनिन्, ‘त्यसैले छोरीको जन्मोत्सवमा वृद्धाश्रममा रहनुभएको बुवा आमहरुबाट आशिर्वाद लिन भनेर आएका हौं । धेरै दिन नसकेपनि हामीले मनबाटै सहयोग गरेका छौं ।’
नितिमाकी आमा प्रतिमा लिम्बु र बुवा निर्मल क्षेत्रीले यसअघि पनि विभिन्न अवसरमा असहाय व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

